मन्त्रिपरिषद पुनर्गठन, को-को भए नयाँ मन्त्री ?
वि.सं.२०७९ असार १२ आइतवार १४:३०
1.11K
shares

मन्त्रिपरिषद पुनर्गठन गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् । मन्त्री हेरफेर भएपछि मन्त्रिपरिषद पुनर्गठन गरिएको हो ।
नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएका मन्त्रीले राजीनामा दिएपछि हेरफेर भएका हुन् । राष्ट्रपति कार्यालयले आइतबार साँझ एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेको उल्लेख गरेको छ।
अहिले जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । त्यस्तै भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
वि.सं.२०७९ असार १२ आइतवार १४:३०
1.11K
shares











