फेरी घट्यो नेप्से, तीन कम्पनीको मुल्यमा सकरात्मक सर्किट
वि.सं.२०७९ असार १३ सोमवार ०९:३३
काठमाडौँ। साताको दोश्रो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । पहिलो दिन केहि सकरात्मक देखिएको नेप्से आज २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा पुगेको हो ।
पुँजीबजारमा आज सबै सुचकहरु नकरात्मक रहे । नेप्सेसहित सेन्सेटिभ, फ्लट, सेन्सेटिभ फ्लट सुचकहरु नकरात्मक रहे । लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बाहेकका उपसुचकहरु घटेका छन् । सबैभन्दा बढी विकास बैंकका लगानीकर्ताले गुमाउन पुगेका छन् ।
१९३ कम्पनीको कारोबार हुँदा २४ कम्पनीका लगानीकर्ताले थोरै राहत पाए भने १६८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बजार घटेपनि तीन कम्पनीको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । सीवाइसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कपोरेशनको शेयर मुल्यमा सर्किट लागेको हो ।
आज २ अर्ब ४ करोड रुपैँया बराबरको शेयर खरिद बिक्री भएको छ ।
वि.सं.२०७९ असार १३ सोमवार ०९:३३