जंगल प्रयोगका लागि लड्ने गाउँको कथा ‘दोख’

वि.सं.२०७९ असार १३ सोमवार १३:४६
847
shares

काठमाडौँ । नेपाली चलचित्र ‘दोख’ को ट्रेलर रिलिज भएको छ । सोमबार निर्माण टिमले एक कार्यक्रमको आयोजना गरि ट्रेलर रिलिज गरेको हो ।
फिल्मको ट्रेलरमा जनयुद्धको पृष्ठभुमिलाई देखाइएको छ । उक्त पृष्ठभुमिमा जंगल कसले प्रयोग गर्ने भन्ने दुई गाउँबिचको द्वन्द प्रस्तुत गरिएको छ ।
राजन कठेतले लेखेको फिल्मलाई अनुप बरालले निर्देशन गरेका छन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
फिल्म असार २४ गतेदेखि देशभर प्रदर्शन हुनेछ ।

वि.सं.२०७९ असार १३ सोमवार १३:४६
847
shares