जीरीको पहिलो प्राथमिकता अस्पताल हो, ताल होइन : रचना खड्का

238 shares

दोलखा । पर्यटकिय नगरी जीरीको प्राथमिकता अस्पताल भएको भनेपछि प्रदेशसभा सदस्य रचना खड्काको सर्वत्र विरोध भएको छ । सोमबार प्रदेश सभामा बोल्दा उनले अहिलेलाई मानव निर्मित ताल प्राथमिकता नभएको बताएकी थिइन् ।

प्रदेश सरकारले जीरीमा मानव निर्मित ताल निर्माणको लागि बजेट विनियोजन गरेको छ । जीरी नगरपालिकाले डिपिआर तयार गरेर यस अगाडि नै प्रदेशमा पठाएको भएपनि बजेट यो पटक परेको हो ।

सोही बजेटलाई उदाहरणको रुपमा पेश गर्दै खड्काले अहिलेलाई हाम्रो प्राथमिकता जीरी अस्पताल हुनुपर्छ, भोलि सक्दा तालहरुपनि बनाउला भनेर बोलेकि थिइन् । सोही विषयलाई लिएर पक्ष विपक्षमा तर्क वितर्क भइरहेको छ ।

238 shares