नेपाली फिल्म खेल्दै ब्रम्हानन्दम

210 shares

काठमाडौँ । गिनिज बुकमा सबैभन्दा धेरै फिल्म खेल्ने कलाकारको रुपमा नाम दर्ज गरेका भारतीय कलाकार ब्रम्हानन्दमले नेपाली फिल्म खेल्ने भएका छन् । उनले नायिका नीता ढुंगानाले निर्माण गर्न लागेको चलचित्र ‘ह्रस्व दीर्घ’ मा काम गर्ने भएका हुन् ।

ब्रम्हानन्दमसँग चलचित्रको निर्माण टिमले सम्झौता गरिसकेको छ । फिल्ममा उनका अलावा अन्य भारतीय कलाकार पनि अनुबन्धित भएका छन् । सुनिल वर्मा, प्रदीपराज रावत र अलीलाई निर्माण टिमले यसअगाडिनै अनुबन्धित गरिसकेको छ ।

नीता र हरिहर अधिकारीको निर्माणमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्ने भएका छन् ।

210 shares