गठबन्धनलाई पराजित गर्दै कर्मचारी संघको नेतृत्वमा छत्र कार्कीको प्यानल विजयी
वि.सं.२०७९ असार १४ मंगलवार १७:०२
595
shares
काठमाडौँ । त्रिभुवन बिश्वविद्यालय कर्मचारी संघको नेतृत्वमा छत्र बहादुर कार्कीको प्यानल विजयी भएको छ । मंगलबार भएको मतगणनामा कार्की नेतृत्वको प्यानलले प्रजातान्त्रिक – वाम लोकतान्त्रिक समुहलाई पराजित गर्दै जित हासिल गरेको हो ।
गत असार १० गते कर्मचारी संघको नयाँ नेतृत्वका लागि १२ औँ राष्ट्रिय महाधिवेशन भएको थियो । प्रगतिशील कर्मचारी संगठन छत्र बहादुर कार्कीको नेतृत्वमा निर्वाचनमा होमिएको थियो । गठबन्धन पुण्य प्रसाद आचार्यको नेतृत्वमा निर्वाचनमा प्रतिस्पर्धा गरेको थियो ।
वि.सं.२०७९ असार १४ मंगलवार १७:०२
595
shares