हिमालयन हाइड्रोको आईपीओ खुल्यो, कति भर्ने ?

329 shares

काठमाडैँ । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले बुधबारदेखि सर्वसाधरणको लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर निष्काशन गरेको हो । उक्त शेयरमा कर्मचारीको लागि ३९ हजार ३ सय ६५ कित्ता र सामूहिक लगानी कोषका लागि ९८ हजार ४ सय १३ कित्ता शेयर छुट्याइएको छ । बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्तामा सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । छिटोमा असार १९ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा असार २९ गते बन्द हुनेछ ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्तामा प्रतिकित्ता १ सय रुपैँयाको दरले आवेदन दिन सक्नेछन् ।

329 shares