काजोल र सुरियालाई ओस्कार कमिटीको सदस्य बन्न प्रस्ताब

574 shares

काठमाडौैँ । साउथ भारतीय सिनेमाका दुई कलाकारलाई ओस्कार कमिटीको सदस्य बन्न प्रस्ताब आएको छ । द एकेडेमि अफ मोसन पिक्चर आर्ट एण्ड साइन्सले उक्त प्रस्ताब गरेका हो ।

एकेडेमिले ३ सय ९७ कलाकारहरुलाई सदस्य बनाएको छ, जसमा काजोल र सुरिया पनि छन् । एकेडेमिले व्यवसायिक योग्यता तथा समताको आधारमा सदस्य छनौट गरेको हो ।

निर्देशक रिमा काग्ति, निर्माता आदित्य सुद, डकुमेन्ट्रि फिल्ममेकर सुस्मिता घोष र रिन्टु थोमस यसअगाडिनै उक्त लिष्टमा समावेश भइसकेका छन् ।

574 shares