कालिञ्चोक गाउँपालिकामा बाइकमा आएका लुटेरा १० लाख बोकेर फरार
वि.सं.२०७९ असार १७ शुक्रवार ०३:३८
1.28K
shares

दोलखा । कालिञ्चोक गाउँपालिकामा दिउँसै चोरी भएको छ । बुधबार दिउँसो वडा नम्बर ७ झमार्सी भन्ने ठाउँमा चोरी भएको हो ।
सदरमुकाम चरिकोटबाट पैसा लिएर लामाबगर हिडेका विगु ४ लादुकका विरेन्द्र कटुवाल लुटपाटमा परेका हुन् । उनि चरिकोटबाट १० लाख २० हजार रुपैँया बोकेर बाइकमा लामाबगर हिडेका थिए । झमार्सी पुगेपछि दुइवटा बाईकमा आएका तीनजना व्यक्तिले कुटपिट गरी पैसा लुटेर भागेको पिडितको भनाइ छ ।
घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ असार १७ शुक्रवार ०३:३८
1.28K
shares












