‘एक घर एक बाँदर’ पाल्न कालिञ्चोक गाउँपालिकाले छुट्यायो बजेट
वि.सं.२०७९ असार १८ शनिवार ०३:४०
567
shares
दोलखा । कालिञ्चोक गाउँपालिकाले एक घर एक बाँदर पाल्नको लागि बजेट विनियोजन गरेको छ । बाँदरले बाली नास गरिदिएपछि पालिकाले उक्त कार्यक्रम ल्याएको हो ।
किसानहरुले लगाएको बाली बाँदरले नास गरिदिएपछि हैरान भएर यस्तो कार्यक्रम ल्याउनुपरेको गाउँपालिकाले जनाएको छ । यसका लागि पालिकाले गाउँसभाबाटै ५ लाख रुपैँया बजेट विनियोजन गरेको छ ।
कार्यक्रमका लागि प्रत्येक वडाबाट सहमति लिइएको जनाइएको छ ।
वि.सं.२०७९ असार १८ शनिवार ०३:४०
567
shares