बालीमा पसेको बाँदर धपाउने क्रममा शैलुङमा एक पुरुषको मृत्यु

294 shares

दोलखा । शैलुङ गाउँपालिकामा बाँदर धपाउने एक जना पुरुषको मृत्यु भएको छ । बालीमा पसेको बाँदरलाई धपाउने क्रममा राम बहादुर कार्कीको मृत्यु भएको हो ।

मृत्यु हुने कार्की शैलुङ गाउँपालिका वडा नम्बर ८ शैलुङ्गेश्वरका हुन् । शुत्रबार बाँदर लखेट्ने क्रममा उनलाई हृदयघात भएको थियो । तत्कालै उपचारको लागि काठमाडौँ लगेको उनलाई अस्पताल पुग्ने वित्तीकै मृत घोषणा गरिएको हो ।

294 shares