रन्जु दर्शना काठमाडौँ ५ बाट निर्वाचन लड्ने

931 shares

काठमाडौँ । रन्जु दर्शना प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत निर्वाचन लड्ने जानकारी दिएकी हुन् ।

उनले लेखेकी छिन् “सबैजनालाई नमस्कार ,
तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । आज आधिकारिक रूपमा आउने निर्वाचनमा काठमाडौँ क्षेत्र न। ५ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनका लागि प्रतिस्पर्धामा उत्रने कुरा यँहाहरू समक्ष बाँड्न पाउँदा हर्षित छु ।”

931 shares