‘नेपहपको श्रीपेच’को ताज भाइबर साइमनलाई

735 shares

काठमाडौैँ । हिपहप सङ्गीतको रियालिटी शो नेपहपको श्रीपेचको ताज भाइबर साइमनले पहिरिएका छन् । शनिबार सोल्टी होटलमा भएको फिनालेमा साइमनले अन्य प्रतिस्पर्धिलाई पछाडी पारेर उपाधि जितेका हुन् ।

फाइनलमा भाइबर साइमन, बाबु बिलिभर, जेनिस क्षेत्री, विशेष भट्टराई र एमसी किङ पुगेका थिए । ८ हजारको डिजिटल अडिसन, ५ सयको फिजिकल भडिसन, बाट छानिएका १७ जनालाई निर्णायकले १२ जनामा घटाएका थिए । सो मध्येबाट साइमन विजेता बनेका हुन् ।

आयोजकले विजेता साइमनलाई नगद १० लाख रुपैँया र रिलायन्स लाइफ इन्स्योरेन्सबाट ५० लाख रुपैँयाको जिवन विम, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमणको सुविधा दिएको छ ।

त्यस्तै, दोस्रो भएका जेनिसले ५ लाख रुपैँया नगद र तेस्रो भएका बाबु बिलिभरले १ लाख नगदसँगै विश्व भ्रमणको मौका पाएका छन् ।

735 shares