श्रीलंकामा एक दिनलाई पुग्ने इन्धन बाँकि

385 shares
ishwor movie

श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले देशमा इन्धन सकिएको जनाएका छन् । देशमा सञ्चित रहेको इन्धन एक दिनका लागि पनि नपुग्ने उनले आइतबार जनाएका हुन् ।

मन्त्री विजेसेकेराले मुलुकमा पेट्रोल भण्डारण करिब ४ हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका हुन् । ‘पेट्रोल र डिजेल जुलाई २२ वा २३ मा मात्र आइपुग्ने अनुमान गरिएको छ,’ कोलम्बोमा आइतबार पत्रकारसँग उलने भने । नियमितबाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको भए पनि जुलाई २२ अघि नयाँ आपूर्तिका लागि आश्वासन नपाएको उनको भनाइ छ । श्रीलंकाले पेट्रोल र डिजेल बचत गर्न गत साता अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई साताका लागि रोक्ने निर्णय गरेको थियो ।

श्रीलंकामा आर्थिक संकट गहिरिँदै गएपछि विदेशी मुद्राको अभाव भएपछि इन्धन निर्यातमा समस्या भएको हो । जसका कारण सार्वजनिक यातायातहरू लगभग ठप्प छन् ।

385 shares