चावहिलमा खुल्यो फिल्म स्कुल

322 shares

काठमाडौँ । चावहिलमा नेशनल फिल्म एण्ड टिभि स्कुल खुलेको छ । अइतबार एक कार्यक्रमको आयोजना गरि स्कुलको उद्घाटन गरिएको हो ।

पछिल्लो समय फिल्म स्कुलहरु खोल्ने क्रम धमाधम चलिरहेको छ । बिशेषगरि कलाकार बन्न चाहने युवाहरुको आकांक्षालाई पुरा गर्न व्यवसायिक रुपमा स्कुलहरु खुल्न थालेका हुन् ।

फिल्म स्कुलको उद्घाटन महानायक राजेश हमालले गरेका छन् । उनि उक्त स्कुलमा गेष्ट लेक्चररको रुपमा रहेको जनाइएको छ ।

322 shares