अपर सोलु हाइड्रोको आईपीओ आजदेखि, कति भर्ने ?

वि.सं.२०७९ असार २० सोमवार ०६:०५
490
shares

काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणको लागि १९ लाख ५७ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको हो ।
जारी शेयरमा कम्पनीले ३९ हजार १ सय ५० कित्ता शेयर कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको छ । बाँकि १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले शेयर निष्काशनमा एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक राखेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वि.सं.२०७९ असार २० सोमवार ०६:०५
490
shares