असार २९ गतेदेखि राप्ती हाइड्रोको आईपीओ

364 shares

काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनले असार २९ गतेदेखि आईपीओ खुलाउने भएको छ । कम्पनीले २३ लाख ६६ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।

निष्काशित शेयरमध्ये ७० हजार ९ सय ८८ कित्ता कर्मचारीको लागि र १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषका लागि छ्ट्याइएको छ । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम २१ लाख कित्तासम्ममा आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा साउन १ गते र डिलोमा साउन ११ गते हुनेछ ।

364 shares