अर्थमन्त्रीमाथि प्रधानमन्त्रीले तत्काल एक्सन लिनुपर्छ
वि.सं.२०७९ असार २१ मंगलवार ०२:२७
581
shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्मामाथि तत्काल एक्सन लिनुपर्ने बताएका छन् । सोमबार पत्रकारहरुसँग कुरा गर्दै थापाले संसदमा प्रश्न उठेपछि अर्थमन्त्रीले राजिनामा दिनुपर्ने बताए ।
बजेट निर्माणको क्रममा माफियालाई प्रबेश दिएको कुराले अर्थमन्त्रीमाथि नैतिक प्रश्न उठेको छ । उक्त प्रश्न संसदसम्म पुगेको छ । सोमबार प्रतिपक्षि दलका नेता केपी शर्मा ओलीले अर्थमन्त्रीको राजिनामा र संसदिय छानविन समितिको माग गरेका थिए ।
अर्थविद्हरु करको दायरा व्यापारीहरुसँग मिलेर हेरफेर गर्ने कुरा राजद्रोह भएको बताउछन् । तर, मन्त्री शर्मा फुटेज किन देखाउने भनेर कुतर्क गरेर बसिरहेका छन् । सोही समय सिसिटिभि फुटेज गायब भएको अर्थ मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७९ असार २१ मंगलवार ०२:२७
581
shares