रामेछाप बस दुर्घटना – उपचारको क्रममा ४ जनाको मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या १३ पुग्यो

378 shares

काठमाडौँ । रामेछापबाट काठमाडौँको लागि हिडेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । दुर्घटनामा ९ जनाको घटना स्थलमै मृत्यु भएको थियो । बाँकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो ।

मृत्यु हुनेमा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विक रहेका छन् । अन्यको परिचय खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार बिहान बा ३ ख ८३९६ नम्बरको बस रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा दुर्घटना भएको थियो ।

378 shares