रामेछाप बस दुर्घटना – १३ जनाको मृत्यु, २२ जना घाइते

301 shares

काठमाडौँ । मंगलबार बिहान रामेछापको सुनापाती गाउँपालिकार खाँडादेवी गाउँपालिकामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ र २२ जना घाइते भएका छन् ।

दुर्घटनामा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, २२ जना यात्रु हरु घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनापति गाउँपालिका ५ रामेछापका ठूलो तामाङ, सन्जु आलेमगर, विपना तामाङ र खटबहादुर तामाङ, सुनापति गाउँपालिका ४ की समिता तामाङ, रोशी गाउँपालिका ४ काभ्रेका कमल तामाङ, पाँचखाल नगरपालिका ८ काभ्रेका सुदीप बस्नेत, मन्डनदेउपुर ९ काभ्रेका शुभलक्ष्मी मानन्धर र पाँचखाल नगरपालिका ५ काभ्रेका कुलबहादुर विक रहेका छन् । अन्यको परिचय खुल्न बाँकि रहेको प्रहरीले जनाएको छ ।

301 shares