एकीकृत समाजवादी दोलखा पुनर्गठन, पदाधिकारीकामा युवाहरुको वर्चश्व

203 shares

दोलखा । नेकपा (एकीकृत समाजवादी) पार्टी दोलखा पुनर्गठन भएको छ । पार्टी केन्द्रिय सदस्य, आयोग सदस्य, प्रदेश सदस्यहरु, जिल्ला कमिटीका पदाधिकारीको विशेष बैठकले पुनर्गठन गरेको हो ।

पुनर्गठित जिल्ला कमिटीको अध्यक्षमा भिम प्रसाद दाहाल, उपाध्यक्षमा प्रोण प्रताप केसी र घनश्याम रिजाल, सचिवमा अशोक दाहाल र उपसचिवमा हरिहर कार्की र संगिता पाख्रिन रहेका छन् । अशोक, हरिहर र संगिता पदाधिकारीमा नयाँ युवा अनुहार हुन् । दाहाल युवा संघका केन्द्रिय उपमहासचिव हुन्, कार्की संपर्क मञ्चका अध्यक्ष हुन् भने पाख्रिन अनेम संघको केन्द्रिय सदस्य हुन् ।

घनश्याम पहिलाको कमिटीमा उपसचिव थिए भने प्रोणप्रताप सचिव थिए । अध्यक्षमा भिम दाहाल नै रहेका छन् ।

203 shares