अप्पर तामाकोशीको शेयर अभौतिकिकरण गराउन स्थानीयलाई आग्रह (सुचनासहित)

616 shares

दोलखा । अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीले स्थानीयलाई शेयर अभौतिकिकरण गर्न आग्रह गरेको छ । कम्पनीले मंगलबार सूचना जारी गर्दै उक्त आग्रह गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई जारी गरेको शेयर अधिकांशले अभौतिकिकरण गरेका छैनन् । हितग्रँही खाता (डिम्याट) अभौतिकिकरण नगरी शेयर बिक्री गर्न पाउने छैन । साथै, कम्पनीले वितरण गर्ने बोनस शेयर तथा अन्य सुविधाहरु समेत हितग्राही खातामा जम्मा हुने भएकोले अभौतिकिकरण गर्न कम्पनीले आग्रह गरेको हो ।

अप्पर तामाकोशीको शेयर रजिस्टार सनराइज क्यापिटल रहेको छ । क्यापिटलले असार मसान्तसम्म निशुल्क डिम्याट खाता खोल्ने सुविधा पनि दिएको छ ।

616 shares