अर्थमन्त्री बिबाद – अनिश्चितकालिन बिदामा बसे अर्थसचिव

203 shares

काठमाडौँ । बजेट निर्माणको विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिएपछि अर्थसचिव मधुकुमार मरासिनी अनिश्चितकालिन बिदामा बसेका छन् । उनि आजबाटै बिदामा बसेका हुन् ।

बजेट निर्माणको क्रममा व्यापारीक घरानाको मान्छेलाई राखेर करको दर हेरफेर गरिएपछि अर्थमन्त्री बिबादमा तानिएको थिए । त्यसपछि अर्थमन्त्रालयको सिसिटिभि फुटेज गायव भएपछि झन् बिबाद चर्किएको छ ।

बजेमा अनाबश्यक समुहको हस्तक्षेपलाई लिएर संससदेखि सर्वत्र बिबाद छाएको छ । सोही बिबादको विचमा अर्थसचिव बिदामा बस्नुलाई अर्थपुर्ण रुपमा हेरीएको छ ।

203 shares