अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

238 shares

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि शर्माले बुधबार राजीनामा दिएका हुन् ।

बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति राखेर करको दर हेरफेर गरेको भनेर शर्मामाथि प्रश्न उठिरहेको छ । सोही बिचमा उक्त दिनको सिसिटिभि फुटेज गायव भएपछि घटना उत्कर्षमा पुगेका हो ।

238 shares