एनएनटीभी लघु चलचित्र प्रतिस्पर्धा हुने, कसरी सहभागि हुने ?
वि.सं.२०७९ असार २३ बिहीवार १०:५९
काठमाडौँ । नेपाल नेटवर्क टेलिभिजनले लघु चलचित्र (सर्ट फिल्म) प्रतिस्पर्धा आयोजना गर्ने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आयोजकले एनएनटिभी सर्टस् (मेरो कथा, मेरो सिनेमा) प्रतिस्पर्धा आयोजना गर्ने घोषणा गरेको हो ।
आयोजकले निर्णायकमा सुनिल थापा, पूजा शर्मा र दीपेन्द्र के खनाललाई राखेको छ ।
कसरी हुने सहभागि ?
प्रतिस्पर्धिले १२ देखि २४ मिनेटसम्मको लघु चलचित्र बनाउनु पर्नेछ । व्यक्तिगत वा सामुहिक रुपमा प्रतिस्पर्धामा भाग लिन सक्ने आयोजकले जनाएको छ । प्रतिस्पर्धिले आफ्नो स्क्रिप्ट साउन २० गतेसम्ममा दर्ता गराउन सक्नेछन् ।
आयोजकले साउन २५ गते स्क्रिप्ट छनौट गरेर घोषणा गर्नेछन् । त्यसपछि भाद्र २५ गतेसम्ममा छनौट भएका स्क्रिप्टमा चलचित्र निर्माण गरिसक्नुपर्नेछ ।
निर्माण भएका सर्ट फिल्महरु असोज १ गतेबाट नेपाल नेटवर्क टेलिभिजनमार्फत प्रशारण हुनेछन् । आयोजकले कात्तिक १ गते विजेता घोषणा गर्नेछन् ।
विजेताले नगद २ लाख रुपैँया प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार रुपैँया । त्यस्तै, तेश्रो हुनेले ५० हजार र उत्कृष्ट १० ले नगद १० हजार रुपैँया प्राप्त गर्नेछन् ।
वि.सं.२०७९ असार २३ बिहीवार १०:५९