कबड्डी ४ – पहिले सर्वाधिक कमाउने फिल्म, अब ऐतिहासिक रेकर्ड बनाउने दाउमा

280 shares

काठमाडौँ । कबड्डी फिल्मका सबै पार्टहरु दर्शकहरुको अत्याधिक रोजाई बनेको फिल्म हो । सोही फिल्मको तीन पार्टले अत्याधिक प्रशंसाको साथै बक्स अफिसमा राम्रो कमाई पनि गरेको छ । उक्त सिरिजको अन्तिम पार्ट अहिले प्रदर्शन भइरहेको छ ।

जेठ १३ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्म सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । यस अगाडि यो रेकर्ड छक्का पञ्जा ३ को रहेको थियो । उक्त रेकर्ड कबड्डी ४ ले १६ दिनमै तोडेको थियो ।

सर्वाधिक कमाउने फिल्मको रेकर्ड बनाइसकेको कबड्डी ४ अब ऐतिहासिक रेकर्ड बनाउने दाउमा रहेको छ । फिल्मले ५१ औँ दिन मनाउने सम्भावना तिव्र छ । शुक्रबार ४१ औँ दिनमा प्रदर्शन भइरहेको फिल्मले अब १० दिन हलमा टिक्नुपर्नेछ । दर्शकहरुले अहिलेसम्म माया गरिरहेको फिल्मले उक्त आँकडा छुन धेरै गाह्रो पनि छैन ।

अहिले पनि हलहरुमा कबड्डी ४ उत्साहजनक रुपमा प्रदर्शन भइरहेको छ । फिल्मको अन्तिम सिरिजमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

280 shares