‘ह्यारी की प्यारी’ कात्तिक २५ मा आउने

वि.सं.२०७९ असार २४ शुक्रवार ०८:००
847
shares

काठमाडौँ । कलाकार जितु नेपालको अभिनय रहेको चलचित्र ‘ह्यारी की प्यारी’ ले प्रदर्शन मिति तोकेको छ । शुक्रबार फिल्मको निर्माण टिमले कात्तिक २५ गतेलाई प्रदर्श मिति तोकेको हो ।
प्रदर्शन मिति तोक्दै फिल्मको निर्माण टिमले फस्र्टलुक पोष्टर समेत सार्वजनिक गरेको छ । पोष्टरमा जितु र साम्राज्ञी राज्यलक्ष्मि शाहलाई देखाइएको छ । पोष्टरमा जितु नौमति बजाउदै छन् भने शाह बेहुलिको पहिरनमा सजिएर बसेकि छिन् ।
बिआर प्रोडक्सनले निर्माण गरेको फिल्मलाई कपिल रिजालले निर्देशन गरेका छन् । फिल्ममा बिजय बराल, सुवास गजुरेल, लक्ष्मी गिरी लगायतको कलाकारको मुख्य भुमिका रहेको छ भने नायिका रेखा थापाको केमियो रहेको छ ।

वि.सं.२०७९ असार २४ शुक्रवार ०८:००
847
shares