अपर हेवाखोलाको आईपीओ निष्काशन

350 shares

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले असार २४ गतेदेखि १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

जारी शेयरमध्ये ३० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छ्ट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछनु ।

कम्पनीको निष्काशन बन्द छिटोमा असार २८ गते हुनेछ भने ढिलोमा साउन ६ गते हुनेछ । आवेदकले न्युनतम १० र अधिकतम १ लाख कित्तासम्ममा आवेदन दिन सक्नेछन् ।

350 shares