सुदर्शन दाहाल बने नमुना युवा मुख्यमन्त्री
वि.सं.२०७९ असार २६ आइतवार ०३:३९
469
shares
काठमाडौँ । दोलखाका सुदर्शन दाहाल नमुना युवा सरकारका युवा मुख्यमन्त्री बनेका छन् । प्रदेश युवा परिषद बागमती प्रदेशले आयोजना गरेको पाँच दिने नमुना प्रदेश युवा सभाबाट दाहाल नमुना मुख्यमन्त्री बनेका हुन् ।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता र माननीय युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकालको प्रमुख आतिथ्यता मा उद्घाटन भएको उक्त कार्यक्रमको समापन बागमती प्रदेश सभाका माननीय सभामुख सानु कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
वि.सं.२०७९ असार २६ आइतवार ०३:३९
469
shares