वेनिशाको बिन्दास अवतार

210 shares

काठमाडौँ । चलिचित्र प्रेमगञ्जको एक गीतमा अभिनेत्री वेनिशा हमाल बिन्दास एण्ड बोल्ड देखिएकि छिन् । भर्खरै सार्वजनिक भएको समय बोलको गीतमा उनको उक्त अवतार देखिएको हो ।

तेज गिरी र वेनिशाको अभिनय रहेको उक्त गीतलाई किरण भुसालले स्वर दिएका छन् । गीतको भिडियोमा वेनिशा र तेजको केमेस्ट्रि देखाइएको छ ।

भदौ ३ गतेदेखि प्रदर्शनमा आउने फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका छन् । फिल्ममा वेनिशा र तेजका अलवा सम्पदा बानिया, राइडर प्रशासन लगायतका कलाकारको अभिनय रहेको छ ।

210 shares