१ वर्ष अगाडि सम्झौता भएको चिँनिया सहयोग गौरीशंकर गाउँपालिका आइपुग्यो

वि.सं.२०७९ असार २७ सोमवार ०५:१९

दोलखा । चीन सरकारले आफुसँग सिमाना जोडिएका १४ जिल्लाको ११ ओटा गाउँपालिकालाई विभिन्न किसिमको सहयोग पठाउने क्रममा दोलखाको गौरीशंकर गाउँपालिकालाई ३९ प्रकारका सहयोग सामग्री पठाएको छ । स्काभेटर सहितको ठुलो रकमको सहयोग सामग्री आइतबार नै दोलखा आइपुगिसकेको छ ।
अघिल्लो वर्षनै चीन सरकारले अनुदान सहयोग दिने सम्झौता भएपनि विविध कारणले सामग्री आइपुग्न समय लागेको गाउँपालिकाले जनाएको छ । कर, ढुवानी लगायतका कारण सहयोग आइपुग्न ढिलो भएको हो ।
सहयोग सामग्री लिनको लागि गाउँपालिकाको कर्मचारीको टीम चीन गएको थियो । नेपाल सरकारले कर मिनाह गरेको कारण सामान ढुवानीमा ठुलो खर्च नआएको जनाइएको छ । ढुवानीको लागि ३ लाख ५० हजार रुपैँया बराबरको खर्च भएको गाउँपालिकाले जनाएको छ ।
प्राप्त सामग्री करिब नेपाली रुपैँया १ करोड ३३ लाख बराबरको रहेको जनाइएको छ ।

वि.सं.२०७९ असार २७ सोमवार ०५:१९