१ बराबर १.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्दै अप्पर तामाकोशी
वि.सं.२०७९ असार २७ सोमवार ०५:४५
1.06K
shares

काठमाडौँ । अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १ बराबर १:५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी ३० अर्ब रुपैँया पुर्याउनको लागि हकप्रद जारी गर्न लागेको हो ।
कम्पनीको हालको चुक्ता पूँजी ११ अर्ब रुपैँया छ । कहिलेदेखि हकप्रद निष्काशन गर्ने टुंगो नभए पनि प्रक्रिया अगाडि बढाइसकेको जनाइएको छ ।
हकप्रद जारी गर्नको लागि कम्पनीको सञ्चालक समितिले निर्णय गरिसकेको छ । साथै, विद्युत् नियमन आयोगबाट साधारण सभामा एजेण्डा लैजान कम्पनीले स्विकृति लिइसकेको छ । साधारण सभाबाट एजेण्डा पारित गरेपछि हकप्रद निष्काशन हुनेछ ।
वि.सं.२०७९ असार २७ सोमवार ०५:४५
1.06K
shares







