लोकसेवा आयोगको परीक्षामा सुरक्षा पन्तको बारेमा प्रश्न

259 shares

काठमाडौँ । लोकसेवा आयोगले लिने परीक्षामा अभिनेत्री सुरक्षा पन्तबारे प्रश्न सोधिएको छ । गत जेठमा पन्तले ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिता जनाएकि थिइन् । सोही सहभागिताबारे आयोगले अधिकृत क्याडेटको परीक्षामा प्रश्न सोधेको थियो ।

कलाकारको सपना हुन्छ कान्सको रेड कार्पेटमा हिड्ने । सबैको सपना पुरा हुन्न । तर, अभिनेत्री पन्त भाग्यमानि सावित भएकी छिन् । उनको चलचित्र ‘द एट माउन्टेन्स’ कान्समा छनौट भएको थियो ।

उनि कान्सको रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली अभिनेत्री हुन् । यो अवसर नेपाली फिल्म क्षेत्रको गौरवको विषय पनि हो ।

259 shares