नेप्सेमा ४ प्रतिशतको पहिरो
वि.सं.२०७९ असार २७ सोमवार ०९:४३
413
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भारी गिरावट आएको छ । साताको पहिलो कारोबार दिन नेप्सेमा ३.८६ प्रतिशतको गिरावट आएको हो ।
आइतबार सार्वजनिक विदाको कारण सोमबार खुलेको बजार ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा पुगेको हो । कारोबार रकम पनि २ अर्ब ३२ करोड रुपैँयामा खुम्चिएको छ ।
आजको बजारमा सबै सूचक उपसूचकहरु घटेका छन् । गरिमा बिकास लघुवित्त, किसान लघुवित्त, हिमालयन पावर लगायतका कम्पनीका लगानीकर्ताले अत्याधिक गुमाएका छन् ।
वि.सं.२०७९ असार २७ सोमवार ०९:४३
413
shares