अनन्यासँग बिजयको ‘अक्डि पक्डि’

364 shares

काठमाडौँ । डियर कमरेड फेम बिजय देभरकोन्डाको नयाँ फिल्म ‘लाइगर’को नयाँ गीत सार्वजनिक भएको छ । ‘अक्डि पक्डि’ बोलको गीतमा उनले अनन्या पाण्डेसँग ठुम्का लगाएका छन् । ।

गीतलाई लियो जर्ज र डिजे चिताज्ले कम्पोज गरेका छन् । देव नेगी र पवनी पाण्डेको स्वर रहेको गीत सोमबार सार्वजनिक भएको हो ।

करन जोहरका धर्मा प्रडक्सनले निर्माण गरको लाइगरलाई पुरी जगन्नाथले निर्देशन गरेका छन् । फिल्म हिन्दि भाषाका अलवा तेलेगु, तामिल, कन्नड र मललायम भाषामा डब हुनेछ ।

फिल्म अगष्ट २५ देखि विश्वभर प्रदर्शनमा आउनेछ ।

364 shares