हिमालयन हाइड्रोको आईपीओ बाँडफाँड, १४ लाख आवेदकको हात खालि

वि.सं.२०७९ असार २८ मंगलवार ०३:४७

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । मंगलबार कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।
कम्पनीले १९ लाख ६८ हजार २ सय ५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जस मध्ये कर्मचारीको लागि ३९ हजार ३ सय ६५ कित्ता र ९८ हजार ४ सय १३ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकि १८ लाख ३० हजार ४ सय ७२ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।
कम्पनीको आइपीओमा १५ लाख ९५ हजार ९ सय ५४ जनाले आवेदन दिएका थिए । सो मध्ये १५ लाख ९३ हजार ७ सय ९६ जनाको आवेदन योग्य थियो भने बाँकि आवेदन रद्द भएको थियो ।
योग्य आवेदक मध्ये १ लाख ८३ हजार ४७ जनाले १० कित्ताको दरले शेयर प्राप्त गरेका छन् भने २ जनाले ११ ११ कित्ता शेयर पाएका छन् । १४ लाख १० हजार ७ सय ४९ जना आवेदकको हात खालि भएको छ ।
नतिजा iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

वि.सं.२०७९ असार २८ मंगलवार ०३:४७