भोलिदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने
वि.सं.२०७९ असार २८ मंगलवार १२:२१
399
shares
काठमाडौ । निर्वाचन आयोगले भोलिदेखि अनलाइनबाटै मतदाता नामावली गर्न सकिने व्यवस्था गरेको छ । आयोगले भोटर लिस्ट रजिस्ट्रेसन सिस्टम तयार गरेर अनलाइन नामावली दर्ता गर्न मिल्ने व्यबस्था गरेको हो ।
पहिलो चरणमा काठमाडौँ उपत्यकाका जिल्लाबाट नामावली दर्ता सुरु गर्ने निर्वाचन आयोगले जनाएको छ । साथै, फोटोसहितको मतदाता नामावली दर्ता नगरेका नागरिकले आयोगको वेबसाइटमा गएर विवरण गरी अपलोड गर्न सक्नेछन् ।
विवरण अपलोड गर्दा प्राप्त नम्बरको फोटोकपी गरेर नागरिकहरु औँठाछापको लागि निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ । उक्त नम्बरको आधारमा निर्वाचन कार्यालयले चेक गरेर नामावली दर्ता गर्नेछ ।
वि.सं.२०७९ असार २८ मंगलवार १२:२१
399
shares