छोरो खोज्न हिँडेको दम्पतिको कथा ‘पानीफोटो’ (ट्रेलरसहित)

343 shares

काठमाडौँ । खगेन्द्र लामिछाने निर्देशित चलचित्र ‘पानीफोटो’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार फिल्मको निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो ।

लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्ममा वेपत्ताा छोराको खोजिमा हिडेको दम्पतिको कथा देखाइएको छ । कलाकार र लेखकका रुपमा अब्बल ठहरीएका लामिछानेले पहिलो पटक फिल्म निर्देशन गरेका हुन् ।

फिल्ममा मेनुका प्रधान, अनुप मल्ल, खगेन्द्र लामिछाने, मलिका महत, टिकाभक्त जिरेल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म साउन १३ गतेदेखि प्रदर्शनमा आउनेछ ।

343 shares