राप्ती हाइड्रोको आइपीओ खुल्यो
वि.सं.२०७९ असार २९ बुधवार ०३:२०
काठमाडौँ । राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले सर्वसाधरणको लागि साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले आज बुधबारदेखि आईपीओ निष्काशन गरेको छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुलाई निष्काशन गरेर बाँकि रहेको ३७ हजार ६ सय २३ कित्तासहित कम्पनीले २३ लाख ६६ हजार २ सय ४० कित्ता शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको शेयरमध्ये ७० हजार ९ सय ८८ कित्ता कर्मचारीको लागि र १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन बन्द छिटोमा साउन १ गते र ढिलोमा साउन ११ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७९ असार २९ बुधवार ०३:२०