चुनाब प्रचारको गुन तिर्न बालेनले छुट्याए ‘रुटीन अफ नेपाल बन्द’लाई १ करोड

434 shares
ishwor movie

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले रुटीन अफ नेपाल बन्दले चुनाबमा प्रचार प्रसारमा गरेको सहयोगको गुन तिरेका छन् । उनले महानगरबाट पब्जी गेम खेलाउन रुटीन अफ नेपाल बन्दलाई १ करोड रुपैँया विनियोजन गरेर गुन तिरेका हुन् ।

चुनाव प्रचार प्रसारको क्रममा रुटीन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सामाजिक संजाल मार्फत सघाएका थिए । उनै पौडेल सञ्चालक रहेको इ– स्र्पोट्सलाई महानगरले बजेट विनियोजन गरेको हो ।

पौडेलले डिआरएस नामक कम्पनी सञ्चालन गरिरहेको छन् । उक्त कम्पनीले अनलाइन गेमहरु पब्जी, फ्रि फायर लगायतका खेलको प्रतियोगिता गर्दछ ।

434 shares