अपर सोलु हाइड्रोको आईपीओ बाँडफाँड, १२ लाख ६४ हजारको हात खालि
वि.सं.२०७९ असार ३० बिहीवार ०४:१८
काठमाडौँ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको १९ लाख ५७ हजार ५ सय कित्ता शेयर बाँडफाँड भएको हो ।
कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म शेयर निष्काशन गरेको थियाो । निष्काशित शेयर मध्ये कर्मचारीको लागि ३९ हजार १ सय ५० कित्ता र सामूहिक लगानी कोषका लागि ९७ हजार ८ सय ७५ कित्ता शेयर छुट्याइएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्तामा १४ लाख ८६ हजार ९ सय ८५ जनाले आवेदन दिएका थिए ।
लगानीकर्ताले दिएको आवेदन मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको थियो । बाँकि योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनामध्ये १ लाख ८२ हजार ४७ जनाले १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमा ५ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
आवेदन दिएका १२ लाख ६४ हजार ९ सय ३८ आवेदकको हात खालि भएको छ ।
वि.सं.२०७९ असार ३० बिहीवार ०४:१८