ब्रेक फेल भएर सुनखानीमा बोलेरो दुर्घटना, चालक घाइते

385 shares

दोलखा । कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानीमा बोलेरो दुर्घटना भएको छ । सुनखानीको सित्का बजार र सिसागोलाईको बिचमा बा १९ च ७३० नम्बरको बोलेरो ब्रेक फेल भएर दुर्घटना भएको हो ।

सिंगटी हिँडेको बोलेरो दुर्घटना हुँदा चालक प्रकाश पाठक र सहचालक उपेन्द्र पाठक घाइते भएका छन् । घाइतेहरुको रोल्वालिङ अस्पतालमा उपचार भइरहेको छ ।

385 shares