सुस्मिता सेन मोदीको प्रेममा, चाडै बिहे गर्ने तयारी

196 shares

काठमाडौँ । बलिउड अभिनेत्री सुस्मिता सेन प्रेममा रहेको खबर बाहिरिएको छ । सेन व्यवसायी ललित मोदीसँग प्रेममा रहेको खुलेको हो ।

मोदीले ट्विटरमा दुइजनाको सम्बन्धको बारेमा खुलाएका हुन् । उनले सुस्मितासँगको फोटो सहित हामि डेट गरिरहेका छौँ भनेर लेखेका छन् ।

सेन सन् १९९४ की मिस युनिभर्स विजेता हुन् । उनले थुप्रै बलिउड फिल्ममा अभिनय मार्फत दर्शकलाई मोहीत तुल्याएकी छिन् । अघिल्लो वर्ष सेनको आर्या नामक वेवसिरिज आएको थियो । उक्त सिरिजको चौतर्फि प्रशंसा भएको थियो । विशेषगरि सेनको कामलाई सबैले प्रशंसा गरेका थिए ।

सेन र मोदीले चाँडै विवाह गर्नसक्ने जनाइएको छ ।

196 shares