पशुपति चौलागाई स्मृति अस्पताल साउनबाट बन्द हुने !

413 shares

दोलखा । चरिकोटमा रहेको पशुपति चौलागाई स्मृति अस्पताल नयाँ आर्थिक वर्ष सँगै बन्द हुने अबस्थामा पुगेको छ । आर्थिक अभावको कारण अस्पताल बन्द हुने अवस्थामा पुगेको हो ।

वागमति प्रदेश सरकारले सञ्चालन गरिरहेको अस्पताल हाल ५० वेड क्षमताको रहेको छ । सोही अस्पतालमा काम गरिरहेका करारका कर्मचारीलाई नविकरण नगर्न प्रदेश सरकारले पत्रचार गरेसँगै अस्पताल बन्द हुन लागेको शंका गरिएको हो ।

अहिले ६३ जना कर्मचारी करारमा कार्यरत छन् । ७० जना कर्मचारी रहेको अस्पतालमा ६३ जना कर्मचारी नहुँदा अस्पताल लगभग बन्द भएको सरह हुने व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर केसीले बताए ।

413 shares