अपर हेवाखोलाको आईपीओ बाँडफाँड

294 shares

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारण लागि जारी गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । शनिबार कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले असार २४ गतेदेखि १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । कर्मचारीका लागि ३० हजार कित्ता र सामूहिक लगानी कोषका लागि ७५ हजार कित्ता शेयर छुट्याइएको थियो । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरमा सर्वसाधरणले आवेदन दिएका थिए ।

कुल १४ लाख ५५ हजार ३ सय ८४ जनाले दिएको आवेदन मध्ये २ हजार ८ सय ११ आवेदन रद्द भएको थियो । बाँकी रहेको १४ लाख ५२ हजार ५ सय ७३ जनाको आवेदन योग्य रहेको थिायो । योग्य आवेदक मध्ये १ लाख ३९ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।

294 shares