स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार बेरुजू
वि.सं.२०७९ असार ३२ शनिवार ०६:१३
बाजुरा । स्वामिकार्तिक खापर गाउँपालिकामा ९ करोड ६७ लाख ६९ हजार बेरुजू रहेको छ । महालेखा परीक्षकको उनान्साठीऔँ वार्षिक प्रतिवेदनले बेरुजु देखाएको हो ।
प्रचलित कानूनबमोजिम रीत नपुर्याई कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको र अनियमित तथा बेठीक तरीकाले आर्थिक कारोबार गरेको भेटिएमा महालेखाले त्यस्तो रकमलाई बेरुजु मान्छ । कतिपय बेरुजु प्रक्रिया नपुग्दा देखिन्छ भने कतिपय अनियमितताले हुन्छ । प्रतिबेदनका अनुसार कतिपय रकम भने फिर्ता गर्न उल्लेख गरेको छ । फिर्ता गर्न भनिएको बजेट सरासर भष्ट्रचार भएको कोलेनिका बाजुराका एक लेखापालले वताएका छन् ।
सार्वजनिक तथा सरकारी निकायमा आर्थिक अनुशासन र उत्तरदायित्वको कमीले बेरुजु बढ्दै गएको छ । आर्थिक अनुशासन कमजोर हुँदा वित्तीय प्रशासनमा अपेक्षित सुधार हुन सकेको छैन । आन्तरिक कार्यविधिको पालना, लेखा परीक्षण प्रतिवेदनको कार्यान्वयनको स्थितिलाई हेर्दा आर्थिक अनुशासनको पाटो कमजोर देखिन्छ । केही आर्थिक बर्षमा बेरुजू फरयौट गर्दै आएको भएपनि स्थानिय तह भइसकेपछि ३ आर्थिक बर्षमा यति धेरै बेरुजू हुनु भनेको ठुलो अनियमिता भएको नागरिक अगुवाको आरोप रहेको छ ।
वि.सं.२०७९ असार ३२ शनिवार ०६:१३