कबड्डि ४ ले बनायो ऐतिहासिक रेकर्ड, २३ करोड कमाई

343 shares

काठमाडौँ । चलचित्र कबड्डि ४ ले नेपाली फिल्म क्षेत्रमा ऐतिहासिक रेकर्ड बनाएको छ । रिलिज भएसँगै दर्शकहरुले अत्याधिक मन पराएको फिल्मले ५१ औँ दिन पुरा गरेको हो ।

पछिल्लो समय नेपाली फिल्म क्षेत्र एकदमै खस्किएको छ । एकाध फिल्मले लगानी उठाउन सके पनि अधिकांस फिल्मले पानी पनि भन्न पाएका छैनन् । यस्तैमा कबड्डि ४ ले ५१ औँ दिन मनाएको हो । फिल्मले राजधानिका ९ ओटा सिनेमा हलमा ५१ औँ दिन मनाएको हो ।

कमाईको पक्षबाट पनि फिल्म सर्वोत्कृष्ट देखिएको छ । फिल्मले अहिलेसम्म २२ करोड ८३ लाख रुपैँयाको कलेक्सन गरेको वितरकले जनाएका छन् । साथै यो फिल्म नेपालको सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । यस अगाडि छक्का पञ्जा ३ ले २० करोडको आम्दानी गर्दै सर्वाधिक कमाउने फिल्मको रेकर्ड राखेको थियो ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

343 shares