‘प्रेम गीत ३’ को प्रचार प्रसार सुरु

252 shares

काठमाडौँ । दर्शकहरुले एकदमै प्रतिक्षा गरिरहेको नेपाली चलचित्र प्रेम गीत ३ ले प्रचार प्रसारको काम सुरु गरेको छ । फिल्मको निर्माण टिमले गोगंबुमा रहेको लोत्से मलमा पोष्टर राखेर प्रचार प्रसार सुरु गरेको हो ।

फिल्मको निर्माण टिमले फिल्म रिलिज हुन धेरै समय बाँकि रहँदा नै प्रचार प्रसार सुरु गरेको छ । फिल्म असोज ७ गतेबाट देशभर प्रदर्शनमा आउने तयारी रहेको छ । नेपाल र भारतमा एकसाथ फिल्म रिलिज हुन सक्ने निर्माण टिमले जनाएको छ ।

प्रेम गीतको यसअगाडिका दुवै फिल्म सुपरहिट भएको थिए । छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन रहेको फिल्मको कथा गुरुण् र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदिप खड्का, क्रिस्टिना गुरुङ मुख्य भुमिकामा रहेका छन् ।

252 shares