सृष्टि र प्रियंकाको पाउमा पाउजु छैन

315 shares

काठमाडौँ । नेपाली चलचित्र राधाको पाउमा पाउजु बोलको गीत सार्वजनिक भएको छ । फिल्मको तिज विशेष गीत सार्वजनिक भएको हो ।

कालिप्रसाद बास्कोटाको संगित रहेका गीतमा सज्जा चौलागाई र स्वस्तिका ढकालले स्वर दिएका छन् । भिडियोमा नायिका प्रियंका कार्की र सृष्टि श्रेष्ठले कम्मर मर्काएका छन् । कार्कीको फिल्ममा अतिथि भुमिका मात्र रहेको जनाइएको छ ।

सुवर्ण थापाको लेखन निर्देशनमा बनेको फिल्म भाद्र १० गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

315 shares