१० दिनमै थप ६ सहकारी संस्था कालोसूचिमा (सञ्चालकको नामसहित)
वि.सं.२०७९ साउन २ सोमवार १२:०५
काठमाडौँ । १० दिनको अवधिमै ६ सहकारी संस्था कालोसूचिमा परेका छन् । कर्जा सूचना केन्द्रले असार २० गतेदेखि ३० गतेसम्ममा थप ६ सहकारी संस्थालाई कालोसूचिमा राखेको हो ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण समयमै नतिर्ने संस्था कालोसुचिमा परेका हुन् ।
सहकारी संस्था तथा सञ्चालकहरु
१. वेल्हम्स् बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – कल्पना क्षेत्री र यम नारायण राजौरे
२. अनुरोध बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – अर्जुन पराजुली, विमला पौडेल, कृष्ण बहादुर गिरी र रामप्रसाद मैनाली
३. इम्मानुअल बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – गीता कुमारी दुलाल, हरि खड्का, कुमार खत्री, मदन कुमार बस्नेत, मेघ प्रकाश खड्का र सरस्वती शाही
४. प्रमिषा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – हेमराज थापा क्षेत्री, हिमप्रसाद सुवेदी, कल्पना कुमारी अधिकारी, रामेश्वर लाल श्रेष्ठ र सन्तबहादुर केसी
५. नुवागाउँ साना किसान सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – चन्द्रबहादुर बस्नेत, लोकबहादुर डाँगी र पर्मिला पुन
६. साथीभाइ बचत तथा ऋण सहकारी संस्था लिमिटेड
सञ्चालकहरु – ध्रुव प्रसाद कोइराला, नरेश लाल श्रेष्ठ, नवराज पाख्रिन, राजकुमार श्रेष्ठ, सिरञ्जी श्रेष्ठ र उदय कुमार ढुंगेल
वि.सं.२०७९ साउन २ सोमवार १२:०५